Swornakshar Logo

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय संगतिपूर्ण भएनः बाबुराम

२९ फागुन । काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको टिप्पणी गरेका छन् ।
संयोजक भट्टराईले राष्ट्र बिखण्डनमा लागि परेको सिके राउतसँग सहमति गरेको सरकारले चन्द नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताएका हुन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाए ।

संयोजक भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्नेमा प्रतिबन्ध लगाउने निर्णय लिनु ठिक नभएको पनि स्पष्ट पारे ।