Swornakshar Logo

सुदूरपश्चिम प्रदेश सांसद अपहरण मुक्त

२४ फागुन । काठमाडौं । नारी दिवसको अवसरमा बझाङको बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गरेकी सुदूरपश्चिम प्रदेशसभा सांसद देवकी मल्ल अपहरण मुक्त भएकि छिन्।
अपहरणमा परेको आफुलाई थाह नभएको तर अहिले प्रहरीको सम्पर्कमा रहेको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
शुक्रबार बिहान ११ बजे केदारस्यु गाउँपालिका सन्स्युबाट प्रदेश सांसद मल्ल अपहरण परेकी थिइन । बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी थिइन । अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका गरिएको छ । देवकी बझाङ ‘ख’ बाट नेकपाकी प्रदेशसभा सांसद हुन् ।