Bagmati Samachar Logo

राजपाद्धारा सरकारको समर्थन फिर्ता

२२ फागुन । काठमाडौं । राजपा नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले रेशम चौधरी लगायतलाई जन्मकैदको फैसला सुनाएको विरोधमा राजपाले समर्थन फिर्ता लिएको हो । राजपाले निर्वाचित सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाउदा स्तब्ध र मर्माहत भएको विज्ञप्तीमा लेखेको छ ।

दुई तिहाई हुँदा हुँदै पनि संविधान शंसोधन नगरेको, मधेश थरुहट आन्दोलनका बन्दीहरुको रिहाई नगरेको तथा झुटा मुद्दा फिर्ता नभएको राजपाद्धारा जारी विद्दप्तीमा जनाइएको छ । अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवद्धारा जारी विद्दप्तीमा सरकारले आफ्ना कुनै पनि माग पूरा नगरेका कारण सरकारलाई समर्थन दिनुको औचित्य समाप्त भएको भनिएको छ ।