ताजा अपडेट
समाचार

रविन्द्रको अन्तिम विदाई पोखरामा

रविन्द्रको अन्तिम विदाई पोखरामा
:j= clwsf/LnfO{ kf6L{ em08f cf]9fP/ >4f~hln ck{0f x]lnsK6/ b'3{6gfdf k/L lgwg ePsf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL /jLGb| clwsf/Lsf] kfly{j z/L/df g]kfn sDo'lgi6 kf6L{sf] em08f cf]9fP/ kf]v/fdf z'qmaf/ >4f~hln ck{0f ub}{ kf6L{ k|jQmf gf/fo0fsfhL >]i7 / g]tf afdb]j uf}td . t:jL/M xl/ afF:tf]nf, kf]v/f, /f;;

१७ फागुन । काठमाडौं ।  ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

 

 अधिकारीकी भावविह्वल श्रीमती विद्या भट्टराईलाई नेतृ रामकुमारी झाँक्रीले  सम्हालिन् । पोखरा प्रदर्शनी केन्द्रमा उनलाई बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजछन् । अधिकारीको शवमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका छन् । त्यस्तै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए ।

श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा गएका छन्। गण्डकी प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।

श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…