Swornakshar Logo

प्रत्यक्षदर्शी भन्छन्ः आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन

१५ फागुन । काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ ।

घटनास्थलमा स्थानीयबासी पुगेका छन् । उनीहरु मध्ये एक हुन्, कालिका होटल सन्चालक सुरज भट्टराई । उनका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ । स्थानीयले भने ‘आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन ।’
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ ।
हेलिकोप्टरमा सवार व्यक्तिहरु

रविन्द्र अधिकारी  मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा  अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठस् उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल  प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया   इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन  प्रभाकर केसी