Bagmati Samachar Logo

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँः प्रचण्ड

१४ फागुन । गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरुले जनतासामू गरेका बाचा नबिर्सिएको बताएका छन्।
मंगलवार जनयुद्धका पहिला शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले जनतासामु गरिएका वाचा कसरी पूरा गर्न सकिन्छ भनेर आफूहरु समिक्षामा लागेको बताए ।

प्रचण्डले जनताका आधारभूत समस्या प्रधानमन्त्रीलाई जानकारी भएको भन्दै अर्कोपटक जनताको सेवामा देखिनेगरि बजेट ल्याउने बताए। पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य सबैमा बजेट बढाउने भन्दै प्रचण्डले जनतालाई यो हाम्रै सरकार हो भन्ने महशुष हुनेगरी काम बचन दिए ।
उनले ठूलो पार्टी हुँदा जनता भुल्ने बिरासतबाट सचेत रहन पनि पार्टीपंक्तिलाई आग्रह गरे। उनले भने ‘त्यही धर्ती छोडेका कारण २०७० को निर्वाचनमा हामी तेस्रो पार्टी भयौं। एमालेले पनि जित्दा के हुन्छ, हार्दा के हुन्छ ? भन्ने अनुभव लियो। त्यही अनुभवले हामीलाई पार्टी एकताको शिक्षा पनि दियो । त्यही अनुभवले हामी सफल भयौं।’

उनले भने– ‘ठूलो पार्टी हुँदा कस्तो अनुभव हुन्छ, कस्तो मनस्थिति हुन्छ, त्यो हामीलाई थाहा छ। सानो पार्टी हुँदा कस्तो अनुभव हुन्छ, त्यो पनि हामीलाई थाहा छ। एमाले र माओवादी दुवैका अनभुवले एकता नै ठीक भन्ने ठाउँमा पु¥यायो। हामीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा समाजवादमा अघि बढ्ने संकल्प गरेका छौं।, त्यही वैचारिक धरातलले हामीलाई एक ठाउँमा ल्यायो। अहिले पनि हामी त्यसैमा केन्द्रित छौं।’

उनले अब हाम्रो एउटै संकल्प विकास र समृद्धि हो, जनताका समस्या सम्बोधन गर्नु हो। सरकारले अहिले विकासका निकै राम्रा योजना अगाडि सारेको छ। सामाजिक सुरक्षा कार्यक्रम, रोजगार कार्यक्रम त्यसका उदाहरण हुन् भएको बताए।’

जनतालाई ‘ बुद्धाभत्ता बढोस्, भ्रष्टाचारलाई कार्वाही होस्, छिटोछिटो विकास होस् भन्ने लागेको छ। बृद्धाभत्ता नबढ्दा तपाई बुवा–आमालाई नमीठो लागेको कुरा मलाई र प्रधानमन्त्रीलाई पनि थाहा छ। अबको बजेटमा हामी त्यो सच्चाउँछौं।’

‘हामीले शान्ति सम्झौता ग¥यौं। त्यसैअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेको छ। तर, काम असाध्यै धिमा छ, कछुवाको गतिमा छ। त्यसलाई गति दिएर द्धन्द्धपीडितलाई राहत दिन हामी प्रयास गरिरहेका उनले बताए ।’

तात्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध र जनआन्दोलनको तागतले निरंकुश राजतन्त्रको अन्त्य भएको बताए । उनले भने ‘हामीले जनयुद्धको घोषणा ग¥यौं, त्यही जनयुद्ध र जनआन्दोलनको बलमा देशमा गणतन्त्र, संघीयताजस्ता मुद्दा स्थापित भएका छन्। दिलबहादुर रम्तेल लगायतका शहिदहरुको बलिदानीको नेकपा उच्च सम्मान गर्दछ।’