Swornakshar Logo

मकवानपुर प्रहरीले बरामद गर्यो १३७ केजी गाँजा

१३ फागुन । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३७ केजि गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झा सहितको टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर १ ढुंखेल स्थित कुमार स्याङ्तानको घरमा लुकाई छिपाई बोराहरुमा राखेको १३७ के।जी लागू औषध गाँजा फेला पारी बरामद गरेको हो ।