Swornakshar Logo

संसद्‌मा नेकपाका सांसदले उठाए गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने कुरा

१० फागुन । काठमाडौं । बुधवार प्रतिनिधिसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने कुरा उठाए।
उनले संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र थाईल्यान्ड आदि देशमा गाँजालाई खुल्ला गरेकाले नेपालमा पनि खुल्ला गरीनु पर्ने खतिवडाले संसदमा माग गरे।
नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिने र औषधीय गुण भएको प्रमाणित भइसकेकाले यसलाई खुल्ला गराउनु पर्ने खतिवडाले बताए ।
कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि रहेको उनले बताए ।

वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन्। त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ।
समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको सरकारलाई गाँजाको व्यावसायिक खेतीले ठूलो सघाउ पुग्ने धारणा सांसद खतिवडाको छ।

उनले भने, ूअर्थोपार्जनको लागि सहयोगी हुने नगदेबालीको रूपमा विकास हुन सक्दा उब्जाउ हुने विकट भेगमा चरम गरिबीमा रहेका तामाङ, चेपाङजस्ता समुदायलाई उकास्न सघाउनेछ।ू