Swornakshar Logo

अफिम सहित हेटौँडाबाट एकजना पक्राउ

९ फागुन । हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।
प्रहरीले ५ सय ग्राम चरेश सहित पर्सा जिल्लाका २८ वर्षीय हरेराम कुश्वाहलाई पक्राउ गरेको हो । उनलाई हेटौँडा उपमहानगरपालिका वडा नंबर २ संगमचोकबाट पक्राउ गरेको हो ।