Swornakshar Logo

अख्तियार अघाडि प्रर्दशन गर्दा विवेकशील साझाका नेता पक्राउ

८ फागुन । काठमाडौं । देशमा भ्रष्टाचार बढेको भन्दै ख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अगाडि प्रर्दशन गर्न पुगेका विवेकशील साझा पार्टीका ३० जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
“अख्तियार, सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिक रूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको साझा विवेशकील पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जनाएका छन् ।
सो प्रतिकात्मक माछामा “वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड” आदि लेखिएको थियो।

पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ पनि छन्।

आफ्ना पक्राउ परेका नेता तथा कार्यकर्ता तुरून्तै रिहा गर्न विवेकशील साझा पार्टीले विज्ञप्ती जारी गदै माग गरेको छ ।
‘शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनि आम रूपमा गरिन थालेको टिप्पणीलाई पुष्टी गरेको छ। साथै, विवेकशील साझाले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विवेकशील साझा पार्टीले भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र भएको जनाएको छ ।
आगामी फागुन १४ गते पार्टीले अख्तियारको अगाडि पुन शान्तपुर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि भ्रष्टाचार विरोधी प्रदर्शन गर्ने जनाइएको छ ।