Swornakshar Logo

हेटौडामा सिआनद्धारा लागू औषध व्यवस्थापन कार्यक्रम सम्पन्न

३ फागुन । हेटौंडामा । हेटौडामा लागूऔषध प्रयोगकर्ताको संख्या धेरै हरेको देखिएको छ । मकवानपुर जिल्लामा ठ्याक्कै यतिको संख्यामा लागूऔषध दुर्व्यसनी छन् भन्ने तथ्यांक कोहीसंग छैन । तर आज सिआन पुनर्स्थापना केन्द्र हेटौडा उपमहानगरपालिका ९ नं वडा कार्यालय को समन्वयमा लागू औषध व्यबस्थापन कार्यक्रम सम्पन्न भएको छ । ९ नं वडामा जम्मा पारेको लागूऔषध प्रयोग गरी फालिएका सिरिन्च, सिसा र बोतलहरु हेर्दा जिल्लामा प्रयोगकर्ता धेरै रहेको अनुमान लगाउन सहज छ ।
सिआन पुनर्स्थापना केन्द्रले हेटौंडाको ९ नम्बर वडाबाट संकलन गरेको लागूऔषध प्रयोग गरी फालिएका सिरिन्च, सिसा र बोतलहरु करिब १३ किलो भएको सिआन पुनस्र्थापना केन्द्रका अध्यक्ष सौजन डिसिले बताए ।
गृहमन्त्रालयका अनुसार लागूऔषध प्रयोगमा मकवानपुर जिल्ला १० औं स्थानमा छ । मन्त्रालयका अनुसार, लागूऔषध प्रयोग गर्नेमा काठमाडौं अग्रस्थानमा देखिएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा ३६ हजार ९ सय ९८ सुनसरीका ७ हजार ४ सय, तेस्रोमा कास्कीका ६ हजार ९ सय १७, चौथोमा मोरङका ६ हजार ४ सय १५, पाँचौमा झापाका ६ हजार ८ र रुपन्देही, चितवन, बाँके, पर्सा, र मकवानपुर जिल्लाहरु समेत लागूऔषधको प्रयोगमा अघि देखिएका छन् । यो केहि बर्ष अघिकै तथ्यांक हो ।
नेपालमा ९१ हजार ५ सय ३४ युवायुवती लागूऔषधको दुर्व्यसनमा फसेको तथ्यांक छ । जसमा ७ प्रतिशत महिला र ९३ प्रतिशत युवाले लागूऔषधको प्रयोग गरेका छन् । यसमा बढि २० देखि २४ वर्ष उमेर समूहका युवायुवती संलग्न देखिन्छन् ।
सिआनका अध्यक्ष सौजन डीसीका अनुसार अनुमानित जिल्लामा ५ हजारदेखि ८ हजार सम्म लागूऔषध प्रयोगकर्ता रहेका छन् । जिल्लामा यसको संख्या यतिनै छ भन्ने तथ्यांक कोहिसंग नरहेको र सरकारी निकाएबाट पनि यसक्षेत्रमा कुनैपनि काम गर्नका लागी शुन्य दशमलव ०२ प्रतिशत बजेटपनि नछुट्याईएको डिसिले बताए ।
यता जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने मकवानपुरमा यस आर्थिक बर्षको सात महिनामा ११६ जना लागूऔषध संलग्न पक्राउ गरेका छन् ।