Swornakshar Logo

हेटौडाको सरकारी अस्पतालको शौचालय सफा गरे एक जना युवाले

३ फागुन । हेटौडा । हेटौडाका एक जना युवाले आज मकवानपुरको जिल्ला अस्पतालको शौचालय सफा गरेका छन् । उनी आज हेटौडामा रहेको जिल्ला अस्पताल पुग्दा त्यहाँको शौचालयको अवस्था देखे पछि उनी एक्लैले शौचालय सफा गरेका हुन ।

शुनिल गिरीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘मैले आफुलाई अरू भन्दा फरक देखान होईन मैले गरेको राजनीती ले मलाई यस्तो काम गर्न प्रेरित गर्यो र मैले खुशि भएर यो काम गरेको हुँ ।’ मानिसहरु विरामी भएपछि अस्पतालमा उपचारको लागि जाने गरेका छन् । अस्पतालमा गएपछि विरामिको उपचार हुनेकुरमा उनीहरु निश्चिन्त हुन्छन् । तर अस्पतालको फोर र शौचालयको गन्धले नै झन विमारी हुने अवस्था देखिन्छ ।
मकवानपुरको एकमात्र सरकारी अस्पतालभने फोहोरको कारण चर्चित छ । अस्पतालको शौचालय देखि वरपरको वातावरणले यहा उपचार गर्न आउने विरामीलाई थप असर गर्दा समेत अस्पताल प्रशासन तथा अस्पताल विकास समिति मौन छ ।
अस्पताल प्रशासनलाई जानकारी गर्दा वास्ता नगरेपछि उनी आफैले शौचालय सफा गर्ने मानसिकता बनाएको बताए । अस्पतालको शौचालको अवस्थाको बारेमा सञ्चारकर्मीले प्रश्न गरेपछि अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले आफुहरुले अस्पतालको शौचालय सफा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गिरीले आफुले एक नागरिकको भूमिका निर्वाह गरेको बताए । उनले शौचालयको अवस्था र सफा भएपछिको तस्बिर सामजिक सञ्जाल फेसबुक मार्फत पोष्ट पनि गरेका छन् । उनको कामको सामजिक सञ्जालमा निकै तारिफ समेत भएको छ ।
आज हेटौडा अस्पतालउनी आफैलाई जचाउन गएका थिए । उनले सफा गरेको देखेपछि कर्मचारी मध्य तीन जना दीदीहरू ले उनलाई सहयोग गरेका थिए ।