Swornakshar Logo

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु, ३० घाइते

११ माघ । जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ ।
बेहुलीको घर सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार साँझ सवा ७ बजेतिर करेन्ट लागेको थियो ।

बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् ।

अहिले सम्म ९जनाको जनाको उपचारको क्रममा अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको छ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

मृतकमध्ये रामबाबु अधिकारीको मात्र सनाखत भएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई सशस्त्र, प्रहरी, एम्बुलेन्सकर्मीहरुले जनकपुर अञ्चल अस्पतालतर्फ लगिरहेका छन् । तर, घाइतेहरुको संख्या एकिन भइसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी कँडेलले जनकपुर अन्चल अस्पतालको आकस्मिक कक्षमा घाइतेहरुको उपचारका लागि सबै प्रवन्ध मिलाइएको जानकारी दिए ।