Swornakshar Logo

पुनस्थापन केन्द्र सिआनद्धारा हेटौडामा सुई सिरिन्ज र अन्य लागुऔषध संकलन

१० माघ । हेटौडा । हेटौडा उपमहानगर पालिकाका विभिन्न वडामा सिआन पुनस्थापन केन्द्रले आज सुई सिरिन्ज र अन्य लागुऔषधका खालि बोतलहरु संकलन गरेको छ ।


उपमहानगरपालिकाको वडा नं ९ र ८ को समन्वय मा वडा नं ९ र वडा नं ८ को जोखिम क्षेत्र मा ड्रग्स सिरीन्ज मेनेजमेन्ट क्याम्पेयन संचालन गरेको छ ।

उक्त क्याम्पियनबाट प्रयोग गरेर जथाभावी फालेकाआज सुई सिरिन्ज र अन्य लागुऔषधका सामानहरु जम्मा गरेको छ । यी वस्तुहरुले शहर वस्तीलाई कति असर गरेको छ भन्ने कुुुराको जानकारी अभियान कर्ता टिमको साथै प्रशासन ले पाएको छ कार्यक्रम संचालकसौजन डिसिल बताए।

उनले भने ‘यो अभियान अझै केहि दिन चल्ने र त्यस पछि त्यस क्षेत्र मा प्रहरिले निरिक्षण गरिरहने हो भने यस जोखिम बाट हामि सबै सुरक्षित रहन सक्छौ।’

पहिलो दिनको संकलनमा नै ३ बोरा सिरिन्ज,डाईजेपाम,फेनारगन र अन्य संकलन भएको छ। नगर क्षेत्रको सबै वडाहरु सँग समन्वय गरेर यो समस्याको पहिचान र समाधानको लागि सरकारी निकायलाई आग्रह गर्ने डिसिले बताए ।
यी वस्तुहरुले मानवलाई के कति असर गर्छ भनेर सन्देश र जनचेतना मुलक कार्यक्रम गर्नु पर्ने देखिन्छ । यो विक्राल समस्यालाई सके रोकथाम वा न्युनिकरण गर्ने सिआन को उद्देश्य हो। यो अभियानलाई गर्नुहुने विशेष वडा नं ८,९,१ र १५,पत्रकार र नेपाल प्रहरीले सहयोग गरेको थियो ।