Swornakshar Logo

सप्तरीमा प्रहरी इन्काउन्टरमा चौधरीको मृत्यु

९ माघ । सप्तरी । सप्तरीको प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार उनले शुरुमा प्रहरी माथी फाएर गरेपछि प्रहरीले जवाफी फाएर गर्दा उनको मृत्यु भएको जनाएको छ । सप्तरी कडरबोना निवासी दिपेन्द्र चौधरी विभिन्न अपराध संल्गन रहेका थिए । २ गोली लागेका दिपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीको भनाई रहेको छ ।उनीमाथी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएको आरोप लागेको ।