Swornakshar Logo

काठमाडौंको गोंगबुमा गोली चल्यो, एकजना घाइते

८ माघ । काठमाडौं । गोगंबुस्थित मित्रनगरको होटल लक प्रा.लि.मा गोली चलेको छ । गोली लागेर काभ्रे घर भएका अविलास तामाङ घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको बताएको छ । प्रहरीको गोली लागेर तामाङ घाइते भएका छन् ।

‘रुम खोल्न साथ प्रहरीमाथि आक्रमण भयो, जवाफी कारबाहीमा अभियुक्त तामाङको बाँया खुट्टाको घुँडा मुनी गोली लागेको छ,’ प्रवक्ता बोगटीले भने ।

तामाङ तत्कालीन माओवादी लडाकु भएको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय गुण्डागर्दीमा संलग्न भएको समेत प्रहरीको दाबी छ ।

तामाङको साथबाट ६ राउण्ड गोलीसहित एक थान पेस्तोल बरामद गरिएको बोगटीले जानकारी दिए ।