Swornakshar Logo

डा.केसी उत्सव मनाउन तयार हुनुस्ःयोगेश भट्राई

८ माघ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् ।

डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् । केसी र भट्टराई दुवैले आ(आफ्ना आग्रह सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।
सांसदहरुलाई डा. केसीको अपीलः चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउनुस्

भट्टराईले चिकित्सा शिक्षक विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन गरेको अपीललाई स्वागत र सम्मान गर्दै कुनै कमिकमजोरी रहेमा केसी जस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै लैजाने कुरामा ढुक्का हुन अनुरोध गरेका छन् ।

उनले भनेका छन–यसअघि बनेका बिभिन्न आयोग, समिति तथा कार्यदका सुझाव, बिभिन्न राजनीतिक दल, संघ संगठनका सुझाव र माननीय सदस्यहरुको संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलन समतेका आधारमा बिधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई बिश्वास दिलाउन चाहान्छु ।