Swornakshar Logo

१० लाख धरौटीमा छुटे पूर्वगभर्नर रावल

७ माघ । काठमाडौं । विशेष अदालतले पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्धामा मुछिएका पूर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रेमकुमार श्रेष्ठ वैद्यको इजलासले रावललाई रिहा गर्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा हाजिर हुन पुगेका रावलले १० लाख नगदनै बुझाएर अदालतबाट बाहिरिएका थिए ।

पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दामा अख्तियारले गत पुसमा रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्धा दायर गरेको थियो । रावल बाहेक उनीहरु भने अदालतमा उपस्थित भएका छैनन् ।