प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

६ माघ । काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।
केही दिनदेखि ज्वरो र खोकीले गर्दा आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ ।
दाहल लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् ।
सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: