Swornakshar Logo

सञ्चारकर्मी मनोहर ढकालको हत्यारा सार्वजनिक

५ माघ । हेटौडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यारा सार्वजनिक भएको छ ।
आज शनिवार जिल्ला प्रहरी कार्यालय मकवानपुरले ढकाल हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको छ ।
प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले गहन अनुसन्धानपछि हत्यारा फेला पारेको मकवानपुर प्रहरीले जानकारी गराएको हो ।
हत्या गरेको आरोपमा पक्राउ पर्नेमा हेटौँडा ११ का १९ वर्षीय अनमोल पुडासैनी, मनहरी गाउँपालिका वडा नंबर १ का प्रविण वाईवा छन् ।
ढकालको मोवाईल खरिद गरेका भीमफेदी ६ का दिनेश थापा तथा सुनको औठी खरीद गर्ने हेटौँडा २ का नारायण बहादुर सुनार लाई पनि प्रहरीले गिरफ्तार गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा हत्याका मुख्य आरोपी अनमोल पुडासैनीले आफुहरु बसेको स्थानमा आएर उनले यहा किन बसेको, प्रहरीलाई भन्दीन्छु भनेर धम्की दिएपछि आफुहरुले उनलाई धकलेर लुटपाट गरेको र उनको धकलेपछि ठोक्कीएर मृत्यु भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मकावानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले उनी त्यहाँ सहि नियतले गएको र बरालिएको केटाहरुलाई सम्झाउन खोज्दा उनीहरुले लुटपाटको नियतले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए ।
थापाले भने “हामीले दिनरात नभनी उक्त घटनाको विषयमा गहन अध्ययन तथा अनुसन्धान गरेर विभिन्न कोणबाट हेर्दा हत्या भएको देखियो र हत्यारा पक्रन सफल भयौ ।”

गत पुस २५ गते साँझ हेटौँडा उपमहानगरपालिका वडा नंबर १ भैरवडाँडामा उनको शंकास्पद मृत्यु भएको थियो । घटनास्थलमा उनको मोटरसाईकल लडेको अवस्थामा थियो भने मोटरसाईकल भन्दा केहि तल उनको शव फेला परेको थियो । प्रहरीले घटनाको दिन दुर्घटना नै हो कि भन्ने आशंका गरेपनि भोलपल्ट पत्रकाहरुको स्थलगत अवलोकनपपछि मकवानपुरका सम्पूर्ण सञ्चार जगतले उक्त घटना हत्या नै भएको भन्दै समाचार समेत सार्वजनिक गरेको थियो ।