Swornakshar Logo

अनशनरत डा. केसी सिकिस्तःउपचारका लागि काठमाडौं ल्याइँदै

३ माघ । काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै इलाम पुगेर १६औँ पटक अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि कठमाडौं ल्याउने तयारी भएको बताइएको छ। इलाममै रहेका केसीका भतिज किशोर केसीका अनुसार उनलाई आजै काठमाडौं ल्याइनेछ।
उनलाई अहिले इलामबाट एम्बुलेन्समा भद्रपुर ल्याइँदै गरेको र भद्रपुरबाट नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइने बताइएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगी चिकित्सकहरूको टोली केही दिनअघि इलाम पुगेको थियो।