Swornakshar Logo

हेटौँडा उपमहानगरपालिकामा खाद्य परिक्षण प्रयोगशालाको शुभारम्भ

२३ पुस । हेटौडा । आजबाट हेटौंडा उपमहानगरपालिकामा खाद्य परिक्षण प्रयोगशालाको सुरुवात भएको छ । दैनिक उपभोग्य खाद्यपदार्थको जाँच गर्नको लागि उपमहानगरपालिकाले आफ्नै प्रयोगशालाको शुभारम्भ गरेको छ ।
प्रयोगशालाको उद्घाटन गर्दै मेयर हरिबहादुर महतले नगरवासीको स्वास्थ्य महत्वपूर्ण भएकाले आफुहरुले प्रयोगशालाको शुभारम्भ गरेको बताए ।

उनले भने ‘उपमहानगरपालिकाले दैनिक रुपमा अनुगमन गरेर खाद्य परिक्षण गर्ने र उपभोग गर्न नमिल्ने खाद्य पदार्थ किनबेच भएको प्रमाणीत भएमा कारबाही गर्ने छौ ।’
अखाद्य पदार्थले मानव स्वास्थ्यमा गम्भिर समस्या ल्याउने भएकाले यस्ता क्रियाकलापलाई निश्तेज पार्नेतर्फ उपमहानगरपालिका अग्रसर भएको महतले बताए ।
उपमहानगरपालिकाले २० लाख रुपैँयाको लागतमा प्रयोगशाला निर्माण गरेको हो । प्रयोगशालामा खाद्य पदार्थको साथमा पानी समेत परिक्षण हुन्छ ।