Swornakshar Logo

१३ वर्ष नपुग्दै आमा भइन गंगामाया

१८ पुस । हेटौँडा । मकवानपुर राक्सिराङ गाँउपालिका–७ की गंगामाया चेपाङले १३ वर्ष नपुग्दै बच्चा जन्माएकी छन् । आज बुधबार दिँउसो ३ः१५ बजे काठमाडौं स्थित थापाथलीस्थित प्रसुती गृहमा गंगामायाको शल्यक्रियामार्फत २ केजी ९ सय ग्राम वजनको शिशु जन्माएकी हुन् ।
आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सानो उमेर र शारीरिक परिपक्वता नभएका कारण शल्यक्रिया गरी बच्चा जन्माइएको अस्पतालले जनाएको छ । उनी आउँदो २२ भदौमा १३ वर्ष पुग्नेछन् ।
४ कक्षामा पढ्दै गरेकी गंगामायाले ५ माघ २०७४ मा उनकै गाउँका १८ बर्षिय रञ्जित प्रजा सँग भागी विवाह गरेकी थिइन् ।