Swornakshar Logo

हेटौँडामा “हेटौँडा बाल साहित्य महोत्सव–२०७५” हुने

१७ पुस । हेटौडा । हेटौँडामा “हेटौँडा बाल साहित्य महोत्सव–२०७५” हुने भएको छ।
नवोदय शिशु सदन विद्यालयले हेटौँडा उपमहानगरपालिका तथा काठमाडौँ पव्लिेकेशनको सहकार्यमा पहिलो पटक हेटौँडा बाल साहित्य महोत्सव २०७५ आयोजना गर्न लागेको जानकारी हेटौँडाको न्यज क्लब नेपालमा पत्रकार सम्मेलन गरिे जानकारी दिइएको छ।
पत्रकार सम्मेलन गरेर आज मंगलबार हेटौँडा बाल साहित्य महोत्सव–२०७५ का कार्यक्रम संयोजक अव्यक्त खनालले महोत्सवमा कार्यशाला, लेखकबाट कथा वाचन, पुतली प्रदर्शनी, पुस्तक प्रदर्शनी र स्टेज कार्यक्रम गरिने बताए ।
कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, गीतेश प्याकुरेल, सुविन भट्टराई, अनन्तप्रसाद वाग्ले, अनुराधा, सुमन महर्जन लगायत सर्जकहरुले कार्यशालामा आफ्नो प्रस्तुती दिने छन् । आगामी पौष २१ र २२ गते हुने महोत्सवमा साङ्गेतिक प्रस्तुती र खानाका स्टलहरु समेत रहने छन् ।

मकवानपुरका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका करिब पाँच हजार विद्यार्थी तथा अभिभावकले महोत्सवमा सहभागिता जनाउने विद्यालयका निर्देशक दिपेश जोशीले बताए ।

आगामी दिनहरुमा यस्ता बालबालिकाको मनोविज्ञानमा वृद्धि हुने खालका कार्यक्रमहरुलाई सहयोग गर्ने हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतले बताए ।

कार्यक्रम नवोदय शिशु सदन विद्यालयको प्राङ्गणमा विहान ९ बजे देखि ३.३० बजे सम्म हुने आयोजकले जनाएको छ ।