Swornakshar Logo

बलत्कारीलाई फाँसीको सजाय हुनु पर्छः सावित्री सुवेदी

१६ पुस । हेटौंडा । बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुलाई राजनीतिक दलहरुले नै संरक्षण दिने गरेको बलत्कार विरुद्ध अभियानमा लागेकी अभियन्ता सावित्री सुवेदीले बताइन ।
कार्यक्रम ३ नं प्रदेशको राजधानी मकवानपुरको हेटौडा भएको थियो । उक्त कार्यक्रममा उनले भनिन ‘आफ्नो पार्टीको कार्यकर्ता तथा निकट भएको भनेर राजनीतिक दलहरुलेनै बलत्कारीलाई संरक्षण दिने गरेका छन् ।’

बलत्कार र महिला हिंसा विरुद्धमा सक्रिय “जयनारी” अभियानकी अभियन्ता सुवेदीले ८ महिनाको नानी देखि बृद्ध हजुरआमाहरु बलात्कार भएका समाचार आइरहँदा पनि राष्ट्रपति र महिला सांसदहरुको आशु नभर्नु बिडम्बना भएको बताइन । उनले भनिन ‘मेरो सरकार किन मौन रहेको छ थाह छैन ।’

प्रहरीमा बलात्कार सम्बन्धि मुद्धा हेर्ने र अनुसन्धान गर्ने छुटै विशेष टोली भएमा हुनेखाने र बलियाले प्रमाण नष्ट गर्ने सम्भावना कम हुने बताइन ।

उनले भनिन ‘नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र विचौलियाहरुको अखडा भएको छ र विभिन्न संघसंस्थाले मिलापत्र गराउन सहयोग गराउछन् ।’
सुवेदीले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताइन । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का सदस्य नानीमैया विष्ट, मकवानपुरका उपाध्यक्ष सरिता दाहाल,अनेरास्ववियुका सन्तोष पौडेल, अभियान्ता उद्धव कठायत,पत्रकारहरु बालकृष्ण अधिकारी,देवराज पन्त,धर्मेन्द्र दाहाल लगायतकाले बोलेका थिए ।