Swornakshar Logo

काठमाडौं जिल्ला अदालतका खरिदार घुस लिँदादिँदै अख्तियारको फन्दामा

१६ पुस । काठमाडौं । जिल्ला अदालत काठमाडौंमा कार्यरत डिट्ठा (खरिदार) बिदुर पोखरेल घुस सहित पक्राउ परेका छन् ।
अदालतबाट डोर खटिएर बण्डा मुचुल्का बनाउने प्रयोजनका लागि १० हजार घुुस लिइसकेको अवस्थामा पोखरेललाई सोह्रखुट्टेबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले जानकारी दिए ।
आइतबार सोह्रखुट्टेस्थित ‘एस.बी फास्टफुड’ बाट नियन्त्रणमा लिइएका पोखरेलमाथि हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।