Swornakshar Logo

बम्जनले २ जनालाई बेपत्ता पारेको उजुरी मकवानपुर प्रहरीमा

१३ पुस । हेटौडा । बारा जिल्लाको रतनपुर गाउँपालिकामा रहेको सामुदायिक बनमा तपस्या गरेर आफु बुद्ध हुँ भन्दै आएका रामबहादुर बम्जनको नाममा मकवानपुर जिल्ला प्रहरी कार्यलयमा उजुरी परेको छ । उनले आफ्नै आश्रममा रहेका ३ जना अनुयायी (आनी)लाई बेपत्ता पारेको भनी प्रहरीमा उजुरी परेको छ । उनले मकवानपुरका २ जनालाई बेपत्ता पारेको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । उनका अनुसार नुवाकोट प्रहरीमा पनि १ जनालाई बम्जनले बेपत्ता पारेको भन्दै उजुरी परेको छ ।

बेपत्ता हुनेमा मकवानपुरको पदमपोखरीका ५१ बर्षिय सञ्चलाल तामाङ र ३० बर्षीया फुलमाया रुम्बा रहेको डिएसपी भट्टराईले बताए । नुवाकोटका कर्म वाईवालाई पनि बम्जनले बेपत्ता पारेको भन्दै नुवाकोट प्रहरीमा उजुरी परेको छ ।

बम्जनलाई पक्राउ गर्न मकवानपुर प्रहरीको तयारी
अनुयायी बेपत्ता पारेको उजुरी परेपछि मकवानपुर प्रहरीले बम्जनलाई छिट्टै पक्राउ गर्ने तयारी गरेको डिएसपी भट्टराईले बताए । उनले अहिले बम्जन सिन्धुलीमा रहेको जानकारी आफुहरुलाई प्राप्त भएको र छिट्टै पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाही गरिने बताए । उनले नुवाकोट प्रहरीले पनि आफुहरुलाई मद्धत गर्ने बताए ।