Swornakshar Logo

पाटेबाघको छाला सहित मकवानपुरबाट ४ जना पक्राउ

१३ पुस । हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी पाटेबाघको छाला सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
मकवानपुर जिल्ला प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिको केही ठाउँमा संरक्षीत जंगली जनावर बन्यजन्तु बाघको छालाको कारोबार हुदै गरेको भन्ने विशेष सूचनाको आधारमा पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

पाटेबाघको छाला सहित पक्राउ पर्नेमा काभ्रे बस्ने ३० बर्षीया दिल बहादुर घलान, त्यसैगरी मकवानपुर थाहा ८ बस्ने ३२ बर्षीया आत्माराम घलान,त्यस्तै थाहा ८ बस्ने ३० बर्षीया गोमलाल थिङ र धादिङ गजुरी गाउपालिका ८ सानोबाई बस्ने २७ बर्षीया दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रमुख डिएसपि यज्ञ प्रसाद भट्टराईले बताएका छन ।

डिएसपि भट्टराईले सेतो प्लास्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको पाटेबाघको छाला बरामद गरीएको बताए । उनले भने‘ बन्यजन्तु संरक्षण संघको प्रतिनिधि र प्रहरी कार्यालयबाट खटिएको टोलीले बिशेश सुराकीको आधारमा खोजतलासको क्रममा शंकास्पद रूपमा जिल्ला मकवानपुर थाहा न.पा. ३ स्थित दोबाटोमा डाँडाबास देखि पालुङ बजार तर्फ आइरहेको ना. ३५ प ४३४२ नम्बरको मोटरसाइकल र ना. २ ह ३९२७ नं. को अटोमा सबार ४ जनालाई नियन्त्रणमा लिएको बताए । पाटेबाघको छाला सहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जनाएको छ ।