Swornakshar Logo

जेसिजको अध्यक्षमा बाँनियाको उम्मेदवारी

मकवानपुर । ११ पौष । हेटौंडा जेसिजको सन् २०१९ को अध्यक्ष पदकालागि राजदेव बाँनियाले उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बाँनियाले उम्मेदवारी घोषणा गरेका हुन् । उनको उम्मेदवारीसंगै कार्यकारिणी उपाध्यक्षमा श्रवण कुमार बर्तौला र लिसेन बस्नेत तथा उपाध्यक्ष पदमा संगीत श्रेष्ठ, अमृत बर्तौला,तारानाथ धमला र दिपककुमार बर्नवालले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणामा विगतका बर्षहरुमा भएका सम्पुर्ण कार्यक्रमलाई भिन्न तरिकाले निरन्तरता दिने बाँनियाले बताएका छन् ।

ओझेलमा पर्न लागेको बादविवाद प्रतियोगितालाई जिल्लास्तरीय ढंगबाट संञ्चालन गर्ने बताए । आफु अध्यक्ष भएमा युवा स्वरोजगार तालिम समेत संचालनगर्ने बताए । जेसिजको भवनलाई आम्दानीको विशाल स्रोतको सिंगो हेटौंडा जेसिजको सदस्य रहने प्रतिवद्धता व्यक्त गरे ।
जेसिज सचिवालय रहेको स्थानलाई पार्टी प्यालेसको अवधारणामा अधि बढाउने बताए । त्यसैगरी उनले सन् २०२० देखि कुनैपनि कार्यक्रममा संयोजकले १० प्रतिशत भन्दा बढी आर्थिक योगदान गर्न नपर्ने अवस्थाको शिर्जना हुने बताए ।