Swornakshar Logo

मकवानपुर प्रहरीद्धारा फरार अपराधी पक्राउ

६ पुस । हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार अपराधी पक्राउ गरेको छ ।
मकवानपुर जिल्लाको ईलाका कार्यालय मनहरी बाट प्रहरीको टोलिले मिति २०७२।०९।१६ गते मकवानपुरजिल्ला अदालतले लागु औषध गाँजा मुद्दामा ३ बर्ष कैद सजायको फैसलाले र ४०,०००। (चालिस हजार रुपौया) तोकेको थियो । तर उक्त फैसला सुनाइएका व्यक्ति मनराज मोक्तान फरार थिए । हिजो बिहिबार उनलाई जिल्ला मकवानपुर मनहरी गा.पा.को मनहरी बजारबाट पक्राउ गरी आवश्यक कारवाही को लागी जिल्ला अदालत मकवानपुरमा बुझाएको छ । कारागार कार्यालय भिमफेदी मकवानपुर पठाएको मकवानपुर जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।