Swornakshar Logo

काठमाडौँमा गोली चल्यो

२१ मंसिर । काठमाडौं । शुक्रबार दिउँसो प्रहरीले डाँका मुद्दााका एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । रातोपुलमा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले एक राउण्ड गोली प्रहार गरेर फरार अभियुक्त राजन लिम्बुलाई नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले रातोपुलमा एक राउण्ड गोली हानेर लिम्बुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको गोलीबाट घाइते लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

प्रहरीले लिम्बुका साथबाट एकथान टाइप फिफ्टीफोर नामक हतियार बरामद गरेको जनाएको छ।

लिम्बु चोरी डाँका मुद्दाका फरार अभियुक्त भएको महाशाखाका डिएसपी रूगम कुँवरले जानकारी दिए।