Swornakshar Logo

निर्मलाको निम्ति न्याय माग्दै प्रदर्शन, पाँचजना पक्राउ

१९ मंसिर । काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दाङको घोरहीमा बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारा पत्ता लगाई कारबाहीको मागसहित निर्मलाको पोष्टर टाँस्दै हिँडेका पाँच जनालाई पक्राउ गरेको हो ।

पोष्टर टाँस्ने अभियन्ता समिर ओलीलगायतहरुमाथि प्रहरीले लाठी चार्ज गर्दै पक्राउ गरेको हो । अभियन्ता ओली भन्छन्,‘बुधबार दिउँसो पोस्टर टाँसिरहेको समूहमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।’

निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न तथा पक्राउ गर्न नसकेको हुँदा न्यायका लागि प्रदर्शन गर्नु परेकोओलीले बताए ।