Bagmati Samachar Logo

तिलगंगामा कपडा व्यवसायीमाथि खुकुरी प्रहार

१८ मंसिर । काठमाडौं । काठमाडौको तिलगंगामा कपडा व्यापारीमाथि खुकुरी प्रहार गरेको छ ।
सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै आएकी ३० वर्षीया कपडा व्यवसायी प्रमिला वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीले भारतको बिहार घर भएका हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले आनन्दलाई पक्राउ गरिएको बताए।
सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार जारी छ । खुकुरीबाट भाइते भएकी प्रमिला वाग्ले खतरामुक्त रहेको प्रहरीले बताए । प्रहरीले अहिलेसम्म वाग्लेमाथि किन खुकुरी प्रहार भयो भन्ने पत्ता लगाउन सकेको छैन । पक्राउ परेका भारतीय नागरिकले पनि पटकपटक बयान फेरिरहेका एक जना अनुसन्धानमा संलग्न प्रहरीले बताए ।