Swornakshar Logo

खोप लगाउनु त यसरी

२७ कार्तिक । विराटनगर ।  “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन ।

किन त “उनले खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप लगाउँदा नदुखाउने उनको अनौठो कला र सीप छ” अभिभावक एकैस्वरमा भन्दछन् ।

करीब ३२ वर्षको अवधिमा भ्याक्सिनेटर घिमिरेले लगाएका खोपले बालबालिकालाई कुनै सङ्क्रमण हुन पुगेको छैन । “मैले स्वास्थ्य मन्त्रालयबाट खोप तालीम लिई विसं २०४२ को अन्त्यतिरबाट खोप लगाउन शुरु गरेको हुँ । यस अवधिमा करीब करीब १५ लाखभन्दा बढी पटक बालबालिकालाई खोप लगाइसकेँ । आजसम्म मेरो बालबालिकालाई सङ्क्रमण भयो भनेर क्लिनिकमा अभिभावक आउनुभएको छैन ।” नेपाल परिवार नियोजन सङ्घ, मोरङ शाखाद्वारा सञ्चालित परिवार स्वास्थ्य क्लिनिकमा कार्यरत घिमिरेले भन्छन् ।

उनले क्लिनिकमा सेवा दिन थालेको ३३ वर्ष बित्नलाग्यो । उनको हातबाट खोप लगाउन क्लिनिकमा अहिले अभिभावकको भीड लाग्ने गर्दछ । विराटनगर जतुवाबाट आफ्नी नातिनीलाई खोप लगाउन आएकी शान्ति राजवंशी भन्दछिन् “मैले मेरो छोरालाई पहिला यही सुई (खोप) लगाएको थिए । त्यतिबेला केही भएन । अहिले नातिनीलाई पनि सुई लगाएँ । सुई डाक्टरले सुई हाल्दा नानी धेरै रुन्नन् । सुई दिएको ठाउँमा पाक्दैन । सुनिँदैन ।”

बालबालिकालाई खोप सेवा लिन आउने प्रायः अभिभावक दोस्रो पुस्ताका बढी भेटिएका थिए । खातुन परिवारबाट पहिलो नर्स बनेकी विराटनगर शान्तिचोककी अप्सरा खातुन निजी अस्पतालमा सेवा गर्दछिन् । “सासू आमाले मेरो श्रीमानलाई यही खोप लगाउनुभएको रहेछ । अहिले यहाँ जाउ भन्नुभयो । छोरालाई खोप लगाए । निजीको भन्दा सेवा छिटो छ” उनले भनिन् ।
सङ्घले खोप सेवाका साथमा सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा प्रदान गर्दै आएको छ । सङ्घ यी सेवा दिने जिल्लाको सबैभन्दा पुरानो र लोकप्रिय गैरसरकारी सस्था हो । क्लिनिकमा कार्यरत चिकित्सक ऋतु चौधरीका अनुसार ती सेवा लिन प्रायः सेवाग्राही अन्यत्र जाँदैनन् । क्लिनिकमा सेवा लिन दैनिक भीड लाग्ने गर्दछ ।

सङ्घका जिल्ला शाखा व्यवस्थापक शङ्कर दाहाल भन्नुहुन्छ, “खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा गुणस्तरीय र छिटो दिन्छौ । सेवाग्राहीको सन्तुष्टि पहिलो प्राथमिकतामा छ ।”

बालबालिकालाई खोपका साथमा भ्याक्सिनेटर घिमिरेले महिलालाई परिवार नियोजनको तीन महीने सुई तथा गर्भवती महिलालाई धनुष्टङ्कार तथा भ्यागुते रोगविरुद्धको टिडी खोप सेवा दिँदै आउनुभएको छ । “मानवीय सेवाभन्दा ठूलो धर्म अरु केही छैन । मैले पैसाभन्दा सेवालाई उच्च सम्झेको छु । मेरो कामले अभिभावक खुशी र सन्तुष्ट हुनुहुन्छ । सम्मानले हेर्नुुहुन्छ । यही ठूलो कमाइ होइन र रु” उनले भने ।
दुई वर्षभित्रका बालबालिकालाई क्षयरोगविरुद्धको बिसिजी, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने क्वेक्टे रियल मेनिनन्जाइटिस र निमोनियाविरुद्धको डिपिटी र हेपाटाइटिस बी हिव, पोलियोमाईलाइटिस विरुद्धको पोलियो(ओपिभि), निमोनियाविरुद्धको पिसिभी, दादुरा रुबेला, जापानी इन्सेफलाइटिसलगायतका १० प्रकारका खोप अनिवार्य लगाउनुपर्छ । बिसिजी खोप दाहिने हातको मासुभित्र, डिपिटी र पिसिभी देब्रे तिध्राको माथिल्लो भागमा लगाइन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकताको कार्यक्रमभित्र खोप, सुरक्षित गर्भपतनलगायत परिवार नियोजनका कार्यक्रम पर्दछ । प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तोयनाथ घिमिरे सरकारी निकायको समन्वयमा सङ्घले प्रदान गर्ने गरेका स्वास्थ्य सेवाको योगदान उच्च रहेको बताए ।

“खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनजन सेवामा सङ्घले जन विश्वास आर्जन गरिसकेको छ । आगामी दिनमा सरकारले सङ्घसितको सहकार्यलाई अझ बलियो बनाउँछ”, उनले भने।

अर्कोतर्फ विराटनगर महानगरपालिकाले आर्थिक अभावमा अकालमा कसैले मृत्युवरण गर्न नपरोस् भन्ने मुख्य ध्येयका साथमा आफ्ना स्वास्थ्यका कार्यक्रम अगाडि बढाएको छ । महानगरभित्र दुई स्थानमा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र आफैँले सञ्चालनमा ल्याउन गृहकार्य अगाडि बढाएको छ । १५÷१५ श्यया क्षमताका केन्द्रका सबै सेवा निःशुल्क हुने जनाएको छ । यसका लागि रु चार करोड विनियोजन भएको महानगरप्रमुख भीम पराजुलीले बताए ।

उनका अनुसार महानगरपालिकाभित्र रहेका २१ वटा सुत्केरी सेवा केन्द्र ९वर्थिङ सेन्टर० लाई थप उपकरण, जनशक्ति तथा औषधि क्षमतायुक्त तथा नेपाल परिवार नियोजन सङ्घसितको सहकार्यका खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजन सेवाको पहुँच पु¥याइने छ । “यी सेवा दिने पुरानो संस्था सङ्घ हो, उसको क्षमता विस्तार पनि महानगरपालिकाले सहयोग गर्छ” उनले बताए।

महानगरपालिकाले स्वास्थ्य संस्थामा नै गर्भवती परीक्षण गराई सुत्केरी भई छोरी जन्मिएमा रु तीन हजार तथा शिक्षाका लागि छोरीलाई अध्ययन गराउन रु २५ हजार नगद सहयोगको शुरुआत गरेको छ तर यसका लागि महानगरपालिकाको एउटै शर्त छ, महिलाले २० उमेरपछि मात्र बच्चा जन्माउनुपर्छ ।