गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो
२७ कार्तिक । काठमाडौं । कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ ।
बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुुसँगको सम्झौता तोकेको हो ।
ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्: