Swornakshar Logo

निर्मलाका आमाबुवा अनिश्चितकालीन धर्नामा

२५ कार्तिक ।

कञ्चनपुर । आफ्नी १३ बर्षीया छोरी निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारबाट आमाबुवा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त स्थानीय प्रशासन कार्यालय अगाडि अनिश्चितकालस्न धर्नामा बसेका हुन् ।

आइतबार धर्ना बस्नुअघि मदनचोकबाट सुरु ¥यालीमा नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थीहरु सहभागी थिए ।

नागरिक समाजकी अगुवा माया नेगीले भनिन निर्मलाका हत्यारा सार्वजनिक नगरिएसम्म धर्ना जारी रहने छ । ‘निर्मलाका वुवाआमा धर्नामा बस्छन् ।’ उनले भनिन्, ‘उहाँहरुलाई हाम्रो सहयोग रहन्छ ।’

निर्मलाका आमा दुर्गादेवीले छोरीको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसेको भन्दै दुखेसो पोखिन् । ‘ सरकारले यतिका दिनसम्म हत्यारा पत्ता लगाउन सकेन । हामी आफै हत्यार पत्तालगाई कानूनको दायरमा ल्याउन माग गदै काठमाडौं पुग्दा पनि केहि सुनावाई भएन त्यसकारण धर्ना बस्न बाध्य भएका छौं’ उनले भनिन्, अझै पनि सरकार हत्यारा सार्वजनिक गर्न गम्भीर बनोस् ।’

१० साउनमा साथी रोशनी बमको घर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले लारपवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट बर्खास्तसमेत भएका छन् । तर, अझैसम्म हत्या पत्ता लागेको छैन ।