पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन हुदै

२१ कार्तिक ।
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन हुदै छ ।
‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, साङ्गठनिक आधार’ भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७५ पौष २८ र २९ गते काठमाडौँमा सम्पन्न हुँदैछ ।
उक्त महाधिवेशनमा १५ हजार व्यावसायीक सदस्यहरू मध्ये ७० जिल्ला र सात प्रदेश गरी ५५० जना प्रतिनिधिको सहभागीता रहने छ ।
त्यतिनै सङ्ख्यामा पर्यवेक्षक उपस्थितहुने प्रचार प्रसार समिति संयोजक पुष्पराज पौडेलले बताए ।
महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा आयोजक समिति र उक्त समिति अन्तरगत १३ वटा उपसमिति गठन भएको प्रचार पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्: