ताजा अपडेट
राजनीति

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः प्रचण्ड

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः प्रचण्ड
g]kfn sDo"lgi6 kf6L{-g]skf_ sf s]Gb|Lo cWoIf Pjd k"j{ k|wfgdGqL k'iksdn bfxfn -k|r08_ k|];rf}tf/L / k|]; ;]G6/ k|b]z sldl64f/f a'wjf/ kf]v/fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ xl/ afF:tf]nf, kf]v/f, /f;;

२१ कार्तिक । पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताए। सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उनले बताए। अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै उनले भने ‘नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…