Swornakshar Logo

उपराष्ट्रपतिको चियापान सम्पन्न

१९ कार्तिक ।
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत ११३९ का अवसरमा आयोजना गरेको चियापान सकिएको छ । सोमबार उपराष्ट्रपतिको कार्यालयमा शुभकामना आदानप्रदान तथा जलपान समारोहको आयोजना गरिएको हो ।

चियापानमा राष्ट्रपति विध्यादेवी भण्डारी,पुर्वप्रधानमन्त्री झलनाथ खनाल,माधवकुमार नेपाल,गृहमन्त्री रामबहादुर थापा,उर्जा जलश्रोत तथा सिचाँई मन्त्री वर्षमान पुन, पर्यटन मन्त्री रविन्द्र अधिकारी, नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठ एवम कुटनैतिक नियोगका प्रमुखहरुको उपस्थित भएका छन् ।

पुर्वप्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विराटनगरको नेकपाको जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रम सकेर आएका थिए । निजामति कर्मचारी,सुरक्षा निकायका पुर्व प्रमुख एवम वर्तमान सहभागिता रहेको छ । कार्यक्रमा २ हजारजनालाई निम्तो गरिएको थियो ।

त्यसैगरि चियापानमा वनमन्त्री शक्ति बस्नेत, नेपाली कांग्रेसका नेता रामहरी खतिवडा, नेकपाका माहासचिव विष्णु पौडेल,नेता देव गुरुङ पनि कार्यक्रमको बीचमा उपस्थित भएका थिए । चियापानमा आएका नेताहरुले भने कुनैपनि प्रतिक्रिया जनाएनन् ।