पार्टीभित्र मौरीको जस्तो एकता हुनुपर्छः मन्त्री पण्डित १९ कार्तिक २०७५, सोमबार ०२:११ बागमतीसमाचार राजनीति 371 SHARES १९ कार्तिक ।काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन् । प्रेस चौतारी प्रेस सङ्गठन मोरङद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिन्छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपालीलाई एकतामा बाँध्ने गरेको बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले समाज बदल्नमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै कलम अझै परिस्कृत होस् भने । कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेकपा केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: