Swornakshar Logo

देशले एउटा गणतन्त्रवादी व्यक्ति गुमायोःप्रचण्ड

१८ कार्तिक ।
काठमाडौं । मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको निधन भएकोमा पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुख व्यक्त गरेका छन् । देशले एउटा गणतन्त्रवादी महत्वपुर्ण व्यक्ति गुमाएको प्रचण्डले बताएका छन् । तुलाधरको निधनले देशलाई ठूलो क्षयती भएको प्रचण्ड बताए ।पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उनले खेलेको भूमिका सदा स्मरणीय रहने प्रचण्डले बताए ।

माओवादीलाई द्धन्दकालबाट शान्ति प्रक्रियामा ल्याउन तुलाधरले मध्यस्थकर्ताको काम गरेका थिए ।रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए।

सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।२०४२ मा तुलाधर तत्कालीन नेकपा९माले०को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए। त्यस्तै, बहुदल आएपछि पनि दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए। उनका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन्।

पार्थिव शरीरलाई श्रद्धाणजलीका लागि उनको नीजि निवास लाजिम्पाट राखिने ज्वाई गौरी प्रधानले जानकारी दिए । अस्पतालमा शोक व्यक्त गर्न ३ नं प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ लगायत जनजाति नेताहरु अस्पताल पुगेका थिए ।