Swornakshar Logo

प्रहरी र स्थानीयबासीबीच झडप,प्रहरीले महिलामाथि दुव्र्यवहार गरेको आरोप

१८ कार्ति । उदयपुर । कसमस सिमेन्टको चुनढुँगा ढुवानीको विषयमा विवाद हुँदा उदयपुरको कटारी नगरपालिका ४ मा प्रहरी र स्थानीय झडप भएको छ ।
डिएसपी धुब्र श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीले स्थानीय महिला माथि लाठ्ठी चार्ज गरी दुव्यर्वहार गरेको स्थानीयको आरोप छ । कटारी नगरपालिका ५ मरुवा खोलाका स्थानीय मोहन कोईरालाले दिएको जाकारी अनुसार राती १२ बजे कसमस सिमेन्टको चुनढुँगा ढुवानी गर्ने टिपर खुलाउने क्रममा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्वकुमार श्रेष्ठको कमाण्डमा आएको टोलीले लाठ्ठी चार्ज गरी हातपात गरेको बताए ।‘
चाडपर्वको बेला टिपर संचालन नगर्ने सहमति विपरित टिपर संचालन गरेपछि कसमस सिमेन्ट र स्थानीयबीच विवाद रहेको एक स्थानीयले बताए,’ उनले भने,‘‘गएराती स्थानीयले त्यही रोकिएको टिपर खुलाउन गएको प्रहरीले गोली हान्छु, मार्छु भन्दै लाठ्ठी चार्ज गरेर महिलामाथि हातपात गरेको हो ।’ प्रहरीको लाठ्ठीचार्जले कटारी नपा ४ मरुवा खोलकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए ।
‘प्रहरीले रक्सी खाएर गएर राती रोकेको टिपर खुलाउने वाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाए छ,’ उनले भने, ‘कसमर सिमेन्ट र स्थानीयबीच विवाद थियो, महिलाहरुको ढाड, टाउको र पिडुँलामा लाठी हानि कपडा च्यातिदिँदै प्रहरीले गालीगौज ग¥यो ।’ इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्वकुमार श्रेष्ठले चुनढुँगाको टिपर खुलाउने क्रममा रातीको समय भएकाले केही महिलामाथि हातपात हुन गएको बताए । ‘त्यहाँ पुरै जाँडरक्सी खाएर युवाहरुको अराक समुहले टिपर रोकेको थियो,’ उनले भने,‘पछि हामी गएर खुलाउने क्रममा युवाहरुलाई पक्राउ ग¥यौ, महिलाहरु झुम्मिएर आए, त्यहीभीडमा महिलामाथि हातपात हुन गयो ।’ आफुलाई घट्नाको बारेमा आफुलार्य थाह नभएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए। ‘प्रहरीले विवाद भएका ठाँउमा के के गर्छ गर्छ थाहानै हुँदैन,’ उनले भने, ‘विवाद भएपछि मात्र मलाई जानकारी दिन्छ, घटना के भएको म बुझ्छु ।’ घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन । सिद्धिचरण लोकमार्गमा पर्ने कटारी घुर्मी सडकमै कटारी नगरपालिका ८ वडमीमा कसमस सिमेन्टको चुनढुँगा उत्खन्न स्थल छ । त्यही उत्खन्न स्थलबाट कसमस सिमेन्टले टिपरबाट चुनढुँगा ढुवानी गर्छ। कसमले सिद्धिचरण लोकमार्गको करिव १० किलोमिटर सडकमा टिपर आतँक बढेको छ। त्यही आँतकपछि स्थानीयले नगरपालिकामा उजुरी गरेका थिए । विहानै स्थानीय प्रहरीका विरुद्ध सडकमा आन्दोलनमा उत्रेका छन । कटारी खण्डमा सिद्धिचरण लोकमार्ग ठप्प भएको स्थानीय केदार कोइरालाले जानकारी दिए ।