सहयोगको पर्खाइमा दलित विद्यालय
१८ कार्तिक । रोल्पा । समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभावका कारण सञ्चालनमा समस्या हुँदै आएको छ ।
कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल १०१ विद्यार्थीले अध्ययन गर्छन् । अध्ययनरत विद्यार्थी सबै दलित समुदायका छन् भने विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी र एक शिक्षकबाहेक सबै शिक्षक पनि दलित समुदायका छन् । विद्यालय समुदायले स्थापना गरेको धेरै समयपछि सरकारले एउटा दरबन्दी दिएको छ । बाँकी तीन शिक्षक र एक कार्यालय सहयोगी समुदायले निजी स्रोतबाट तलब सुविधा दिने गरी भर्ना गरेका छन् । सरकारले उपलब्ध गराएको दरबन्दीमा गैरदलित समुदायका रहे पनि बाँकी सबै शिक्षक र कर्मचरी दलित समुदायका छन् ।
विद्यालयमा शिक्षकले न्यून तलबमा काम गर्न बाध्य भएको विद्यालयका पूर्वशिक्षक भरत नेपालीले जानकारी दिए । मासिक रु दुई हजार ५०० देखि रु पाँच हजार तलब पाउने गरी विद्यालयको सेवा गरिरहेका नेपालीले बए। लामो समयसम्म न्यून तलबमा काम गर्न सकिने अवस्था नभएकाले राज्यले विद्यालयमा दरबन्दी थप्नुपर्ने नेपालीको भनाइ छ ।
जिल्ला शिक्षा कार्यालय, गाउँपालिका वा अन्य सङ्घ संस्थाले दिने योजनाको बजेट बराबर श्रमदान गरेर बचाएको पैसाले निजी स्रोतको शिक्षक व्यवस्थापन गर्न बाध्य भएका छौँ प्राधानाध्यपक नुमप्रसाद शर्माले बताए । दलित समुदायमा आर्थिक विपन्नता समेत रहेकाले अभिभावकबाट सहयोग उठाउने अवस्था छैन् नरहेको शर्माले बताए । गरीबीका कारण जाडो मौसममा लगाउने अतिरिक्त पोशाक नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: