Swornakshar Logo

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

१६ कार्तिक । काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनी शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । गत सोमबारदेखि प्रधानमन्त्री ओली उपचाररत थिए ।

ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएसंगै अस्पतालले डिस्चार्ज गरेको डा। दिव्यासिंह शाहले जनतापाटीलाई बताईन् । तर केहि दिन सभा तथा कार्यक्रममा सहभागि नहुन चिकित्सकले ओलीलाई सुझाव दिएका छन् । यसअघि शुक्रबार बिहानको स्वास्थ्य परीक्षण प्रतिवेदन अध्ययनपछि ओलीको स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा.अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थियो ।