Swornakshar Logo

सबै मिलेर जनताको समृद्धि ल्याउनु पर्नेःप्रचण्ड

१६ कार्तिक । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले सबै मिलेर जनताको चाहना अनुसार समृद्धि ल्याउनु पर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसले सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले भने, राष्ट्रिय मेलमिलापको आवश्यकता अहिलेपनि छ । विपी कोइरालाले शुरुवात गरेको चियापानले एक आपसमा सद्भाव बढाएको उनले बताए । देशमा परिवर्तन मिलेर नै ल्याएका हौं, अबको समृद्धि पनि मिलेर नै ल्याउने उनले भने ।

संविधान पनि मिलेर लेख्यौं,शान्ति प्रक्रिया पनि मिलेर नै अगाडि बढायौं अब जनताको समृद्धिको चाहना पनि मिलेर नै गर्ने प्रचण्डले भने ।

चियापान कार्यक्रमले सद्भाव बढ्छ हाम्रा चाडपर्व ऐतिहासिक छ यसले सद्भाव कायम गर्नुका साथै साथीहरुबीच भेटघाट हुने नेकपाका महासचिव विष्णु पौडेलले बताए ।

राष्ट्रिय जनता पार्टीका नेता शरदसिंह भण्डारीले चियापानमा बोल्दै भने, धार्मिक साँस्कृतिक घुलमिल हुने मौक मिल्छ अलीअली चिसिएका मन पनि मिल्ने बताए ।