Swornakshar Logo

हेटौंडामा ट्रक पल्टिँदा २ जनाको मृत्यु

३ मंसिर ।

हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं ९ स्थित पशुपतिनगरमा ट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्षिय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा ४ की ३५ वर्षीया गंगा चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वीरगञ्जबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ७०१७ नं।को ट्रक राजमार्गमा पल्टिदाँ ना १ ह ८९५९ नं को अटो र ना ४० प ६२१ नंको मोटरसाइकललाई थिच्दा २ जनाको मृत्यु भएको हो ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार अटो चालक फरार छन् भने ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको छ ।