Swornakshar Logo

प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहन्छु स् प्रधानमन्त्री

३ मङ्सिर ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पहिलो स्मृति सभामा सम्बोधन गर्दै प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहेको बताएका छन् ।

सोमवार बिहान प्रचण्ड निवास खुमलटारमा आयोजित स्मृतिसभामा सहभागी प्रधानमन्त्री ओलीले प्रकाशलाई आफुले धेरैपछि चिनेको भन्दै उनको काम गर्ने शैलिको प्रशंसा गरे ‘प्रकाशलाई मैले भन्दा नजिकवाट चिन्ने साथीहरु धेरै हुनुहुन्छ । मैले त पछि मात्रै चिनेको हुँ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रचण्डसँग काम गर्न निकै अप्ठायारो भएपनि प्रकाशले बतावारण सहज बनाउन भुमिका खेलेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘प्रचण्डजीसँग काम गर्न सजिलो छैन । केही रिसाएर फोन गर्छन्, कोही कस्तो अवस्थामा आउछन् । भेटन आउने सबैलाई भेट गराउन पनि सम्भव हुन्न तर, ति सबै काम चुस्त रुपमा गरेका थिए प्रकाशले ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशको निधनको समयमा परिवारका सदस्यले असाधारण अवस्थालाई सहज रुपमा सामना गरेको भन्दै प्रधानमन्त्री ओलीले कहिले काँही टार्न नसकिने समस्यासँग साक्षात गर्नुपर्ने वाध्यता रहेको बताए । प्रकाशको सम्झना आइरहने भन्दै उनले शोकलाई शक्तिमा बदलेर अघि बढ्न आग्रह गरे ।