Swornakshar Logo

खैरो हिरोईन मुद्दाका फरार प्रतिवादी पक्राउ

१४ कार्तिक । हेटौडा । लागु औषधी खैरो हिरोइनका फरार प्रतिवादी सुलव सुवेदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले विशेष सुचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्ने हेटौडा उपमहानगरपालिका ५ का हुन । उनलाई कारबाहिकोलागि आजै जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराइएको थियो । अदालतको आदेशपछि जिल्ला कारागार भिमफेदी चलान गरेको छ ।
मकवानपुर जिल्ला अदालतबाट मिति २०७२।०३।११ गते लागु औषध खैरो हिरोईन मुद्दामा दुई महिना ५ दिन कैद र रु. २,००० जरीवाना तोकी फरार थिए सुवेदी ।