Swornakshar Logo

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

१४ कार्तिक । काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ ।
बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण गरेका हुन ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत उपस्थिति थियो ।
उक्त अवसरमा नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण र पेशागत व्यावसायीकरण गर्न अवलम्बन गर्नुपर्ने विषयमा छलफलसमेत भएको थियो । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ र रक्षामन्त्री पोखरेलले आ–आफ्नो धारणा राखेका थिए ।