Bagmati Samachar Logo

जेलबाटै मान्छे मार्ने योजना बनाउँछन गुण्डानाइके बस्नेत

१३ कात्तिक ।

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ।

प्रहरीले सोही हत्या अभियोग लागेका तीनजनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुली लगायतका आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको हो ।

पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु केही निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ । बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए।

उनीहरुको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो ।

अनुसन्धानकै क्रममा महाशाखाको टोलीले गौचन हत्यामा संलग्न झापा बिर्तामोडका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौं नागार्जुनका रोशन बुढाथोकी र उदयपुर रौताका अमरबहादुर रानालाई आइतबार राति पक्राउ गरेपछि बस्नेतको योजनाको खुलासा भएको हो।

प्रहरी स्रोतका अनुसार एक साताभित्रै प्रतिष्ठित ठेकेदार वा एक मिडिया सञ्चालकको हत्या गर्ने योजना बनेको थियो । ‘समीरले जेलबाट छुट्टाछुट्टै समूह बनाएर सञ्चालन गर्दोरहेछ।

उसको योजनामा केही प्रतिष्ठित व्यक्तिको निगरानी गरेको पाइयो’, महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने । पक्राउ परेका तामाङ, बुढाथोकी र राना बस्नेतकै सहयोगी हुन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।